काठमाडौँ । फ्रान्स म्यानेजर कोरिन डिआक्रेले भनिन्, ‘हामी यहाँ इतिहास बनाउन आएका हौँ ।’
शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १–० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गर्यो । इभ पेरिसेटले खेलको १०२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन् ।
फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएको थियो ।
खेलमा नेदरल्यान्डले केही अवसर बनाए पनि फ्रान्स गोलरक्षकले बिफल पारिदिएकी थिइन् ।
योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ ।
अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्ने छ । अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ ।
प्रतिक्रिया