ब्राजिलमा प्रहरी कारबाहीमा १६ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १९ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १९ जनाको मृत्यु भएको हो ।

अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो । मृतकमध्ये १६ जना संदिग्ध अपराधी रहेको बताइएको छ । छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ ।

प्रहरी कारबाही दिनभर चलेको थियो, जसका कारण सो क्षेत्र वरपरका हजारौं मानिस आफ्नो घरमा फसेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति