पाकिस्तान र चीनले आर्थिक करिडोरमा सामेल हुने कुनै पनि तेस्रो देशलाई स्वागत गर्ने

इस्लामाबाद । पाकिस्तान र चीनले अर्बौँ डलरको चीन–पाकिस्तान आर्थिक करिडोरमा सामेल हुने कुनै पनि तेस्रो देशलाई ‘पारस्परिक लाभकारी सहयोग’को लागि स्वागत गर्ने निर्णय गरेका छन् ।

चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) संयुक्त कार्य समूह (जेडब्लुजी)को अन्तर्राष्ट्रिय सहयोग र समन्वय (जेडब्लूजी-आइसीसी)को तेस्रो भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा दुवै पक्षले सिपिइसीको निरन्तर कार्यान्वयन र संयुक्त रूपमा सहमति भएका प्राथमिकताका क्षेत्रहरूमा यसको विस्तारको समीक्षा गरे ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को महत्वपूर्ण विषयको रूपमा सिपिइसीले अन्तर्राष्ट्रिय र क्षेत्रीय कनेक्टिभिटीलाई सशक्त बनाउन नयाँ आधार तोडेको थियो । विशेष गरी अफगानिस्तानमा यसको विस्तारको सन्दर्भमा सिपिइसीले महत्वपूर्ण भूमिका खेलेको थियो ।

पाकिस्तान प्रशासित कश्मीर हुँदै सिपिइसी निर्माण भइरहेको भन्दै भारतले चीनको विरोध गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति