गोलरक्षक किरणलाई माल्दिभ्समा दोस्रो लिग उपाधि

काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बू (चेम्जोङ)ले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेका छन् ।

शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो ।

माजियाको जितमा स्पेनिस खेलाडी टाना डोनिन्गुइजले ४१औँ मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुवै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

नेपाली टोलीका कप्तानसमेत रहेका किरणले माजियाको तर्फबाट पूरा समय मैदान बिताएका थिए ।

माल्दिभ्समा किरणको यो दोस्रो लिग उपाधि हो । यस अघि किरणले टिसी स्पोर्टस्बाट लिग उपाधि जितेका थिए । ३२ वर्षीय किरणले माल्दिभ्समा सन् २०१८–१९ मा उपाधि जितेका थिए । जुन समय उनि लिगकै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

१९ खेल खेल्दा माजियाले १८ खेलमा जित, एक खेलमा हार बेहोर्दै ५४ अंक जोडेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति