सिटिजन्स लाइफको आज विशेष साधारणसभा

काठमाडौं, ६ साउन । सिटिजन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा हुँदै छ । कुपन्डोलको होटल हिमालयमा शुक्रबार अपरान्ह ३ बजेदेखि सभा सुरु हुनेछ ।

बिमा कम्पनीहरूमा पुँजीवृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले सभामा मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पेस गर्नेछ । साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति