राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु 

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । 

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिन लागिएको हो  ।

सो अघि वालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ भने सो बैठकले मौद्रिक नीति पारित गरे पछि अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।

मौद्रिक नीति सार्वजनिक गर्नु अघि गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए भने त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि सो बारेमा बिफ्रिङ गरेका थिए । 

यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत गभर्नर अधिकारीले यसै अघि नै गरिसकेका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति