कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्यामबहादुर खड्काको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिँडिरहेका खड्कालाई ठक्कर दिएको थियो ।

टिपरसहित चालकलाई प्रहरी वृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति