बाढीले बाटाे बगाउँदा मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक । गएरातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडक खण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीयवासी बलसुत खड्काले बताए ।

यस्तै, हेलम्बुको ढुंगेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ ।

स्थानीयका अनुसार हेलम्बु–काठमाडौँ सडकअन्तर्गत ग्याल्थुममा पहिरो खसेको छ भने बाढी पसेर सडक भत्काएको छ । जसले गर्दा काठमाडौँबाट सिन्धुपाल्चोक जाने तथा सिन्धुपाल्चोकबाट काठमाडौँ आउने सवारी साधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

गएराति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जल सतह बढेपछि मेलम्ची तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति