फ्रान्स र स्पेनमा तातो हावा चल्दा १ हजार ७०० भन्दा बढीको मृत्यु

एजेन्सी । तातो हावा चल्दा स्पेन र पोर्चुगलमा एक सातामा १ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएको छ । सुख्खा मौसमसँगै फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ । जसका कारण हजारौँ मानिर घर छाड्न बाध्य भएका छन् ।

तातो हावा चलेको कारण मृत्यु हुनेहरुको संख्या गणना गर्नसमेत समस्या परेको बताइएको छ । जसले मृत्यु हुनेहरुको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ ।

स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभर ६७८ जना मृत्यु भैसकेको छ ।

पोर्चुगलका स्वास्थ्य महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन् ।

तातो हावाको बहाव उत्तरतर्फ फ्रान्स र बेलायतमा बढेको छ । ती देशहरुमा समेत उच्च तापक्रमले कीर्तिमान बनाएको छ । जसले हजारौँ मानिसको जीवन जोखिममा पारेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board