काठमाडौँ, ४ साउन । पटक-पटक काठमाडौं महानगरबासीहरुले भाेगेकाे फोहरकाे समस्या पूनः दाेहाेरिने भएकाे छ ।
महानगरका मेयर बालेन्द्रकाे प्रमुख एजेन्डा बनेकाे काठमाडाैकाे फाेहाेर व्यवस्थापन स्थल बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य हुने भएकोले महानगरले एक हप्ता फोहर नउठाउने भएको हो।
बुधबार सूचना प्रकाशित गरी महानगरले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडक खण्डमा कम्तीमा एक हप्ता सवारी आवागमन बन्द गरिदिन शहरी विकास तथा भवन विभागबाट लेखि आएको जनाएको छ।
उक्त अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घर भित्रै छुट्टाछुट्टै राखी दिन पनि महानगरले आग्रह गरेको छ।
प्रतिक्रिया