ओलीकाे गुनासाे, ‘आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’

काठमाडौं, ४ साउन । एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैं तोडिने उनले दाबी गरे ।

‘सबैले भन्छन्, यो गठबन्धन तोडौं । तर मैले भने होइन, यो गठबन्धन आफैं टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैं टुट्छ,’ उनले भने ।

ओलीले कोही वामपन्थी छन् भने एमाले एकताका लागि खुला रहेको पनि बताए । ‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’ उनले भने । ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्‍याए । केही समयअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभएको आरोप पनि लगाए ।

उनले स्वार्थका लागि गरिएको गुटबन्दीले आफ्नो स्वार्थ पूरा नभए पार्टी फोडेर जाने बताए । उनले पार्टीमा गुटबन्दी अब सैह्य नहुने पनि चेतावनी दिए । गुटबन्दी नगर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board