मिथिलामा करार कर्मचारी हटाउने विषयमा लफडा

महोत्तरी । धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् ।

उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका सेवामा हाजिर गराउन अनुरोध गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति