Nepal Page

३ श्रावण २०७९, मंगलबार


रुसी राष्ट्रपति भ्लादिमिर इरान जाँदै पुटिन

तेहरान, ३ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेव्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन् ।

पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन् । भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए ।

युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय भ्रमण सीमित गरेका छन् । जुनमा पुटिनले रुसी हमलापछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रामा ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गरेका थिए । युएसएसआरका पूर्व सदस्य दुबै देशमा अधिनायकवादी शासन छ । दुबै देश रुसका सहयोगी हुन् ।

भ्रमणले पुटिनलाई पश्चिमी आर्थिक प्रतिबन्धबीच इरानसँग सम्बन्ध गाढा गर्ने अवसर प्रदान गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति