दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गर्ने न्याय परिषद्‌को निर्णय

काठमाडौं, २ साउन । न्यायपरिषद् बैठकले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार कसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले बताए । निधि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत रहेका छन् ।

निधि राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराव आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति