एकै दिन ४५७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं, २ साउन । पछिल्लो २४ घण्टामा नेपालमा साढे चार सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पिसीआर परीक्षणबाट तीन सय ८६ र एन्टीजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ । हाल नेपालमा १७ सय ७६ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board