वर्तमान संसदको आयु मनोनयन दर्ताको दिनसम्म रहनेछः सभामुख

काठमाडौं, २ साउन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । उनले त्यसैमा फाइनल भइनसके पनि सोही दिनसम्म आयु रहन्छ भन्ने मोटामोटी निश्चित रहेको उनको भनाइ छ।

संसदीय पत्रकारसँग भेटघाट तथा छलफल सिंहदरबारमा सोमबार आयोजित संसदीय पत्रकारहरुसँग भेटघाट तथा छलफलमा सभामुख अग्निप्रसाद सापकोटा ।

‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्नेछ । त्यसमा फाइनल होइन मोटामोटी नोमिनेसनको दिनसम्म संसद रहन्छ’, सोमबार सञ्चारकर्मीहरूसँग उनले भने । उपसभामुखको शपथको दिन पनि यसबारेमा प्रधानमन्त्रीले छलफल टुंगोमा पुगौँ भनेको उल्लेख गर्दै उनले अब सबै निकायसँग छलफल गरेर निर्णयमा पुगिने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति