साबित्राले पुनः भारतीय क्लब केरेलाबाट खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छन् ।

नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत जनाएको हो ।

गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी साबित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आई लिग खेल्ने छिन् ।

सन् २०२० सिजन साबित्राले गोकुलमबाट लिग उपाधि जितेकी थिइन् । त्यसअघि साबित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आई लिगको उपाधि जितेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति