सिलिन्डर पड्केर आगलागी, तीन जना घाइते

सप्तरी, १ साउन । बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएको आगलागीमा तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो घटनामा आगो निभाउन गएका कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका छन । प्रहरीका अनुसार यादवको घरमा एकै पटक तीन वटा ग्यास सिलिन्डर पड्किएको थियो ।

आगलागीमा घरमा रहेको नगद १ लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी, एक थान साइकललगायत सामान जलेर पूर्ण रुपमा नष्ट भएको घरधनी यादवले जानकारी दिएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति