इन्धन आपूर्तिका लागि श्रीलंकाले रुससँग वार्ता

काठमाडाैँ । श्रीलंकामा ऊर्जा संकट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलंकाले जनाएको छ ।

मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जामन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए ।

पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलंकाली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट लाइन दिएकोमा भारत सरकारको प्रशंसा गरे ।

“हामीले विभिन्न देशहरूमा इन्धनको आपूर्तिका लागि अनुरोध गरेका छौँ। हामीलाई मद्धत गर्न आउने जुनसुकै देश भए पनि हामी त्यसको मूल्यांकन गर्छौँ । अहिले, भारत सरकारले मात्र हामीलाई क्रेडिट लाइन प्रदान गरेको छ,” विजेसेकेराले भने ।

“हामी रुस सरकारसँग पनि छलफलमा छौँ । सुरुको इन्धनका लागि भएको बैठक रूसमा सम्पन्न भएको छ । हामीले आफ्नो आवश्यकता पूरा गरेका छौँ र त्यसैअनुसार काम गरिरहेका छौँ । श्रीलंकामा कस्तो प्रकारको सुविधा हुने छ भन्ने कुरा सुन्न हामी पर्खिरहेका छौँ,” उनले थपे ।

विजेकाराले आज ‘राष्ट्रिय इन्धन पास’ योजना शीर्षकमा इन्धन वितरण योजना ल्याएको छ । नयाँ पासले साप्ताहिक आधारमा इन्धनको कोटा बाँडफाँडको ग्यारेन्टी गर्ने छ । सवारी साधन नम्बर र अन्य विवरण पुष्टि भएपछि राष्ट्रिय परिचय पत्र नम्बरअनुसार आवश्यक व्यक्तिलाई ‘क्यूआर कोड’ दिइने छ ।

दर्ता भएका सवारीसाधन भएका व्यक्तिहरूले आफ्नो दर्ता नम्बरको अन्तिम अंकको आधारमा पालो पाउनेछन् । जारी इन्धन संकटबीच कोलम्बोमा सवारी साधनमा इन्धन भर्न पर्यटक र विदेशीलाई प्राथमिकता दिइने छ ।

द्वीप राष्ट्र श्रीलंका ठुलो आर्थिक संकटको चपेटामा परेका कारण खाद्यान्न, इन्धन, चिकित्सा आपूर्तिको तीव्र अभाव झेलिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति