वर्षा, प्रेम र झरीको संगम साउन महिना : विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा


कविराज विसी / साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । विशेषगरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ । यो महिनामा लगाइने हरियो चुरा र पहिरनहरुको खासै धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ ।

त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहन्दी र हरिया लुगाको व्यापार पनि अघिल्ला वर्षहरुको तुलनामा बढ्दै गएका छन् । साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाक प्रतिको आकर्षण देखेर अहिले बजारमा साउन सुरुहुनु पहिले देखी नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाईन्छ ।

विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसनमय बनाएका छन् । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिड्ने महिलाहरु बिरलै देख्न पाइन्छ ।

साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । प्राकृतिक रुपमा पनि साउन हरियो नै हुन्छ । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ ।

हाम्रो संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन । पहाडी जिल्लाका धेरै ठाउँमा भने साउन महिनालाई किसानहरुको कोदो रोप्ने महिनाको रुपमा लिने गर्दछन् । हुनपनि असार र साउन महिना कृषकहरुको वर्षभरिको लागी पुग्ने अन्न उब्जाउन दुःख गर्ने महिना हो । तर खेती किसानी संगै पछिल्लो समय साउन महिनामा महिलाहरुले हरियो पहिरन र चुरापोते लगाउने प्रचलन बढ्दै गएको छ ।

घर देखी शहर बजार सबैतिर साउन सुरु भएसंगै महिलाहरुको गला हरियो पोतेले सजिएको हुन्छ भने हातहरु हरिया चुराले भरिएका हुन्छन् अनि पहिरन पनि हरिया हुन्छन् । विशेष गरी हरियो चुरा, पोते र मेंहन्दीले शहरबजारमा साउनको रौनक दिन्छ भने व्यापार पनि बढाउँछ । साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । शहरबजारमा आजभोलि हरियो चुरा र लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेका छन् । वनजंगलदेखि खेतवारीसम्म हरियो हुने साउन महिनामा प्रकृतिको रंङ सँग तालमेल मिलाउने गरी महिलाको पोशाक हरियो देखिन्छ । तर साउनमा हरियो चुरा र मेहन्दी लगाउनुको खासै धामिर्क कारण भएको पाइदैन तरपनि विवाहित हिन्दु महिलाहरु पतिको दिर्घायुको लागी साउन महिनामा हरियो चुरा र हरिया पहिरनहरु लगाउने गर्दछन् ।

हरियो चुरा र पहिरनहरुको खासै धामिर्क महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ । त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहन्दी र हरिया लुगाको व्यापार पनि अघिल्ला वर्षहरुको तुलनामा बढ्दै गएका पनि लकडाउनका कारण भने त्यति बढ्न सकेन । साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाक प्रतिको आकर्षण देखेर अहिले बजारमा साउन सुरुहुनु पहिले देखी नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाईन्छ ।

विवाहित हुन या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसन मय बनाएका छन् । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिड्ने महिलाहरु विरलै देख्न पाइन्छ ।

वर्षा, प्रेम र झरीको सँगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागी अर्को महित्वको महिना हो । साउन लागेपछि वर्खा सकिएर चाडवाड पनि सुरु हुन्छ । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत वस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ ।

धामिर्क कथन अनुसार साउन महिनामा भगवान् कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको अति प्रिय महिना पनि साउन नै भएको हुनाले भगवान शिवलाई खुसी बनाउन साउन महिनामा शिवको बिशेष पूजा आराधना गर्ने र शिव मन्दिरहरुमा धाउने प्रचलन पनि छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board