ट्रक र स्कारपियो ठोक्किँदा सात घाइते

चितवन । नारायगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा ट्रक र स्कारपियो एकआपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले शनिबार साँझ विपरीत दिशाबाट आउँदै गरेको ग २ च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा स्कारपियोमा सवार चालकसहित सात घाइते भएका हुन् ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति