काठमाडौँ । सत्ता गठबन्धनका एक शीर्ष नेता जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गरेका छन् ।
नेपाल–चीन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपाल भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भूराजनीतिले ओलीलाई पूर्वप्रधानमन्त्री बनाइदिएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘हाम्रोमा भूराजनीतिको प्रभाव छ र राजनीतिक अस्थिरताको कारण पनि त्यही हो । पूर्वप्रधानमन्त्री केपी ओलीजी यहाँ हुनुहुन्छ । म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ । म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनुभएछ । यसमा भूराजनीतिक प्रभाव पनि छ ।’
अध्यक्ष यादवले देशलाई भूराजनीतिक प्रभावबाट मुक्त गर्न राजनीतिक दल बलियो बन्नुपर्ने बताए ।
यादवले नेपालले सबैको छिमेकी र कसैले हितविपरीत हुने गरी कुटनीतिक सम्बन्ध विस्तार गर्नु नहुने बताए । उनले कार्यक्रममा मुलुकले अन्तर्राष्ट्रिय शक्ति वा राज्यहरुसँगको सम्बन्धबाट राष्ट्रिय हित प्रवर्द्धन गर्न सक्नुपर्ने बताए ।
तर, पछिल्लो सञ्चशिलको सिद्धात्तविपरीत भूराजनीतिक नीति सुरु भएको हो भन्ने आशंका पैदा भएको उनले बताए ।
प्रतिक्रिया