काठमाडौं ३२ असार । संघीय समाजवादी पार्टी –जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति अस्थिर बन्नुमा बाह्य शक्तिको मुख्य भुमिका भएको आरोप लगाएका छन् । नेपालको राजनीतिलाई बाह्य शक्तिले सधैं अस्थिर बनाउन चाहने गरेको यादबले निष्कर्ष सुनाए । नेपालको राजनीतिमा धेरै पहिलेदेखि नै भूराजनीतिको प्रभाव देखिएको छ उनले भने ।
शनिवार नेपाल चीन मैत्री समाजले आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था’ विषयक अन्तरक्रियामा उनले बाह्य शक्तिकै कारण आफू ओली सरकारको मन्त्रीबाट हट्नु परेको बताए । तत्कालनि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा यादवले ओली नेतृत्वको सरकारबाट बाह्य शक्तिको दबाबकै कारण आफू बाहिरिनु परेको बताए । यादव ओली नेतृत्वको नेकपाको सरकारमा स्वास्थ्यमन्त्री थिए ।
उने भने – यहाँका आन्तरिक शक्तिहरूमा बाह्य शक्तिको आशिर्वाद भए अनन्तकालसम्म राज्य गर्न सकिन्छ भन्ने मानसिकता अन्त्य नभएसम्म राष्ट्रिय स्वार्थको रक्षा गर्न सकिँदैन’ ।
यादवले आफू मात्र होइन ओली पनि बाह्य शक्तिकै कारण सरकारबाट बाहिरिएको दावी गरे । ओलीप्रति लक्षित गर्दै उनले भने, ‘म उहाँको क्याविनेटमा मन्त्री थिएँ, बाह्य शक्तिकै कारण म पूर्व भएँ । म पूर्व भएको केहीदिनमै उहाँ पनि पूर्व हुनुभएछ ।’
‘हामी सरकारबाट बाहिरिनुमा केही आन्तरिक कारण होलान्, तर, यसमा बाह्य भूराजनीतिको प्रभाव पनि जोडिएको छ ।’
ओली सरकारको बहिगर्मनका लागि आन्दोलन गर्नेमध्ये यादव नेतृत्वको जसपा पनि े थियो । उनले अहिले नेपालको राजनीति धेरै अस्थिर रहेको बताउँदै यो पनि भूराजनीतिकै प्रभाव भएको बताएका छन् । उनले नेपालका दलहरूले बाह्य शक्तिको प्रभावलाई कम गराउनुपर्ने बताए । ‘
प्रतिक्रिया