भक्तपुरमा एक वृद्ध जलेको अवस्थामा मृत फेला

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईँतलामा मृत अवस्था फेला परेका छन् ।

कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शव तीन तले घरको भुईँकोठामा फेला परेको हो । घटनाबारे शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति