उपसभामुखको निर्वाचन: संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी) मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् ।

‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्प्रर्धामा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति