नेप्से परिसूचक ७।९३ अंकले बढ्यो, १ अर्ब ४५ करोडको कारोबार

काठमाडौं, ३१ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७।९३ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ ।

शुक्रबार आव २०७८र७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्से ऐतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २ हजार विन्दुमा छ । ११ महिना अवधिमा केही लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरे भने केहीले गुमाएका छन् ।

कारोबारमा आएका २३१ धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०।५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ र १०।२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, शुक्रबार सबैभन्दा बढी ग्रीन हाइड्रोपावरको सेयर मूल्य ५ दशमलव ३१ प्रतिशत घटेको छ । सेयर मूल्य प्रतिकित्ता ३०३ रुपैयाँमा झरेको हो । त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपालको सेयर मूल्य ४ दशमलव ७६ प्रतिशत घटेर २७२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर खरीदबिक्री अपर तामाकोशी हाइड्रोपावरको भएको छ । कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरीदबिक्री भएको हो । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसैगरी, सर्वाधिक सेयर खरीदबिक्री हुने दोस्रोमा एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत बढेको छ । त्यसैगरी समूहगत परिसूचक घट्नेमा अन्य समूहको परिसूचक १ दशलमव ६८ प्रतिशत घटेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board