‘विकास राणाको गीत यात्रा’ सम्पन्न

काठमाडौ, ३१ असार । काठमाडौंको याक एण्ड यती होटलमा व्यवसायी विकास जंगबहादुर राणाको संगीतमय समारोह “विकास राणाको गीत यात्रा” भव्यताका साथ सम्पन्न भएको छ। राणा नेपालको Aviation क्षेत्रका सुपरिचित व्यक्ति हुनुका साथै सफल व्यवसायी हुनुहुन्छ ।

उक्त कार्यक्रममा कलाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा राणाले प्रत्यक्ष ६ वटा गीत गाउनुका साथैसमाजका वरिष्ठ व्यक्तित्वहरू गौरव शमशेर ज.ब.रा, उपेन्द्र महतो, शंकर कोइराला, शम्भूजीत बास्कोटा, डा. भगवान कोइराला, जीवा लामिछाने आदि द्वारा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो।

उक्त साङ्गीतिक समारोहमा श्रीमती शुष्मा राणाबाट गायक विकास राणाको युट्युब च्यानल  “Bikash Rana Official” को उद्घाटन गरिएको थियो । च्यानलमा राणाद्वारागाइएका गीत संगीत हेर्न र सुन्न पाइने छ । नेपालको सफल व्यवसायी विकास राणाले आगामी दिनमा आफूलाई गीत सङ्गीत क्षेत्रमा समर्पण गर्ने सोच राख्नुभएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति