को–को जाँदैछन् प्रचण्डसँग भारत भ्रमणमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो एक बजेपछि भारत भ्रमणका लागि जाँदैछन् ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी अड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् ।

भारत भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना मात्रै जाने प्रचण्डको सचिवालयले जनाएको छ । जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवम् छोरी गंगा दाहाल मात्रै जाने भएका हुन् ।

प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यतालिका छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति