हात्तिवनमा स्कुटर ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु

ललितपुर, ३० असार । ललितपुरको हात्तिवनमा गएराती स्कुटर अनियन्त्रीत भएर रोकी राखेको ट्रकको पछाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक ललितपुरको गोदावरी नगरपालिका–५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० बर्षीय सुरेश मोक्तान रहेका छन् । 

गम्भीर घाइते भएका मोक्तानको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पाटन अस्पताल राखिएको छ । 

हात्तिवन स्थित सडक छेउमा रोकी राखेको बाग्मती प्रदेश ०१–००५ख ९४७५ नम्बरको ट्रकको पछाडी मोक्तानले चलाएको बाग्मती प्रदेश ०२–००७प ८६३८ नम्बरको स्कुटर गएराती पौने १ बजे ठोकिएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति