जुम्लामा जलविद्युत् पावर हाउस भासिँदा तीन जनाको मृत्यु

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा विद्युत् उत्पादन गृह भत्किएको छ ।

घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।

प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board