इलाका प्रहरी कार्यालयको एक्सन : अवैध उत्तखनन गर्ने टिपर, जेसिबी र चालक नियन्त्रण

  • विशाल बस्नेत

महोत्तरी । महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्तखननविरुद्ध कडा रुपमा उत्रिएको छ । पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्तखनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।

प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।

आजमात्र बर्दिबास–७ वाट ना१क ८३५२ र ना१क ७३७३ नम्बरका दुई वटा टिपर र बा२क ८३३५ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

हनुमान चोकस्थित धनसिंह क्यापछाकीको जग्गामा अवैध उत्तखनन गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

चालक, टिपर र जेसिबी मालिकलाई थप कारबाहीका लागि जिल्ला समन्वय समिति जलेश्वर पठाइएको प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति