बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

उदयपुर । सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका–४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो । दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूमा कटारी नगरपालिका–८ का २२ वर्षीय मनोज ठकुरी टाउको र ढाडमा, ५५ वर्षीय उर्मिला ठकुरी, ५० वर्षीय कृष्णबहादुर बुढाथोकी, २० वर्षीय राज ठकुरी, कटारी नगरपालिका १३ का ३१ वर्षीय हिरा खड्का, कटारी नगरपालिका ११ का १८ वर्षीय दिवस बस्नेत, ५० वर्षीय इन्द्रबहादुर मगर ,कटारी नगरपालिका–४ मरुवा खानीका २२ वर्षीय दिपेश कोइराला, इटहरी उपमहानगरपालिका–४ का ५० वर्षीय निर्मल भुजेल रहेका छन् । चालक भने फरार रहेका छन् । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति