काठमाडौँ, २९ असार । शेरबहादुर देउवा नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ। २०७८ असार २८ गतेको सर्वोच्च अदालतको आदेशपछि बनेको देउवा नेतृत्वको गठबन्धन सरकारले एक वर्ष पूरा गरेको अवसरमा ४३ बुँदे उपलब्धि सार्वजनिक गरेको छ।
देउवा नेतृत्वको सरकारले प्रमुख उपलब्धीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको शासन अन्त्यलाई लिएको छ। त्यसैगरी स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते शान्तिपूर्ण रुपमा सम्पन्न भएको कुरालाई पनि देउवा सरकारले उपलब्धि भनेको छ।
त्यसैगरी आगामी आर्थिक वर्षको बजेटमार्फत ६८ वर्षमै वृद्धभत्ता वितरणलाई पनि देउवा सरकारले उपलब्धि भनेको छ। पछिल्लो समय अमेरिकातिर ढल्किएको आरोप झेलिरहेको देउवा नेतृत्वको गठबन्धन सरकारले सबै मुलकसँग प्रगाढ सम्बन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अबलम्बन गरेको पनि जिकिर गरेको छ।
सरकारले यो एक वर्षबीचमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा दिन थालिएको पनि जनाएको छ। त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई रोजगारीको सुनिश्चितता गरिएको पनि देउवा सरकारले उपलब्धि भनेको छ।
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एक बर्षमा गरेका केही महत्वपूर्ण कामहरुः
- पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल।
- स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न।
- प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै नागरिकलाई कोभिड(१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकता हुने उद्घोषसहित खोप लगाउन योग्य सबै नागरिकलाई पुर्ण खोप दिलाउन सफल।
- कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल
- सबै मुलकसँग प्रगाढ सम्बन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अबलम्बन।
- आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाहरूको उपचार व्यवस्था, अंगभंग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था।
- गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न गरिव घर परिचय पत्रको व्यवस्था। ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपतको बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था।
- संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था। क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णय। अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहात दिने घोषणा।
- युवा विद्यार्थी लक्षित ुपढ्दै कमाउँदैु कार्यक्रम र नारी समुदाय लक्षित ुमहिला पहिलाु कार्यक्रम घोषणा।
- राष्ट्रिय गौरवका आयोजनाहरुको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मुल्यांकन संयन्त्र निर्माण।
- सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउने गरी परियोजनाहरु अघि बढाउने रणनीति तय। नेपाली उत्पादनलाई प्रोत्साहन दिन मेक इन नेपाल कार्यक्रम घोषणा।
- विभिन्न क्षेत्रका महिलाहरुको माग र आन्दोलनलाई ध्यान दिदै माग अनुसार सेनेटरी प्याडमा बजेट मार्फत भन्सार छुट दिने घोषणा।
- स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम।
- जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तय।
- सन्तुलित नेपाल पहिलाु परराष्ट्र नीति लागु।
- लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्न सफल।
- कोभिडको मारमा परेका उद्योगी-व्यवसायीलाई राहत प्याकेज।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कामलाई शीघ्रता।
- बाढी, पहिरो, डुबानको क्षतिबाट उद्धार, जनतालाई तत्काल राहात एवं पुनर्निर्माणका कामहरु चुस्त रुपमा सम्पन्न
- द्वन्द्वकालीन घटनामा छानविन, पीडितलाई राहात एवम् परिपूरणका लागि संक्रमणकालीन न्यायिक संयन्त्रको क्रियाशिल।
- अमेरिकी सहयोग सम्बन्धि परियोजना एमसीसी संसदबाट अनुमोदन।
- भूमि आयोगको गठन गरी भुमिहिन तथा सुकुम्वासी पहिचान र पुर्जा वितरणको थालनी। पाँचखाल भूमिहीनलाई पुर्जा वितरण गर्ने घोषणा।
- ज्येष्ठ नागरिकलाई ६८ वर्षमै भत्ता उपलब्ध।
- किसानसँग सरकारु को नारा सहित कृषिमा रुपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि
- किसानलाई पेन्सन सहित प्रोत्साहन र राहतका योजना।
- जटिल प्रकारका रोग लागेका नागरिकलाई मासिक पाँच हजार रुपैयाँ राहत भत्ता।
- गरिवीका रेखामुनी रहेका विरामीका लागि ९८ प्रकारका औषधि निःशुल्क।
- वैदेशीक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा।
- प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुई लाखलाई रोजगारीको सुनिश्चितता।
- दुर्गम २५ जिल्लाका सुत्केरीलाई पाँच हजार पोषण खर्च।
- अन्तर्राष्टिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढिरहेको सन्दर्भमा कर कटाएर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउँदै मूल्यबृद्धि नियन्त्रणको प्रयास। प्रमुख प्रतिपक्षी एमालेले करिब ९ महिनादेखि चल्न नदिएको संसद अवरोधको अन्त्य।
- राष्ट्रसेवक कर्मचारीको मनोवल उकास्न १५ प्रतिशतले तलव वृद्धि।
- राष्ट्र हितलाई ध्यानमा राखेर अमेरिकाको ुस्टेट पार्टनरसीप प्रोग्रामु को कार्यक्रमहरु अघि नबढाउने निर्णय।
- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सम्पन्न। दुई देशबीचको सम्बन्धमा देखापरेका अविश्वास र संशय मेटाएर हार्दिकताको सम्बन्ध विस्तार।
- अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण तथा नेपालका प्रधानसेनापतिको अमेरिका भ्रमण।
- चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा परराष्ट्र मन्त्री र विदेश विभाग प्रमुखको नेपाल भ्रमण तथा एक चीन नीतिप्रति नेपाल सरकारको प्रतिवद्धता।
- अन्तरदेशीय प्रसारण लाईन विस्तार गरी छिमेकी मुलुक भारतमा विजुली विक्री सुरु।
- नागरिकताविहीनताको अन्त्य गर्न नागरिकता विधेयक संसदमा पेश।
- देउवा सरकार गठनपछि संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता। निरङ्कुशताको चिन्ता र आशंका अन्त्य भई आशाको रक्तसञ्चार।
प्रतिक्रिया