संसदको कार्यकाल सकिने बेला बल्ल उपसभामुखको निर्वाचन !

काठमाडौं २९ असार । झण्डै साढे तीन वर्षसम्म रिक्त रहेको उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । उपसभामुख चयनका लागि भोलि उमेद्वारी दर्ता र पर्सी मतदान हुनेछ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ । उनी कानुन मन्त्री बनेपछि उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् । अब यो संसदको कार्यकाल बढीमा ६ महिना पनि छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति