‘गैरसंवैधानिक’ विषयमा संसदमा किन छलफल गरेको ? : एमाले

काठमाडौं २९ असार। नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको विषय राखेर विधेयक ल्याउनुको कारण माग गरेकी थिइन् ।

बुधबार संसदको बैठकमा विशेष समय लिएर सांसद तुम्बाहम्फेले सभामुखमाथि समेत प्रश्न उठाइन् ।

हिजो ओली सरकारले अध्यादेश ल्याउँदा गैरसंवैधानिक भयो भनेर अदालत गएको र त्यो मुद्दा विचाराधीन रहेको भन्दै तुम्बाहम्फेले भनिन्, ‘सर्वोच्चमा विचाराधीन रहेको विषय, जसलाई गैरसंवैधानिक भन्छौं भने गैरसंवैधानिक विषयमा संसदमा छलफल गर्न मिल्छ रु’

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस गर्न नपाइने भन्दै विधेयक फिर्ता हुनुपर्ने बताइन् ।

सभामुख आफूहरुको पहिलो नम्बरको नेता भएको भन्दै तुम्बाहम्फेले भनिन्, ‘सम्मानीयय सभामुखज्यू, यहाँ हाम्रो नेता हो । नेताले आफ्नो संस्थाभित्र आएको विषय हेर्ने कि नहेर्ने ? संस्था सञ्चालन गर्न यहाँ बसिरहँदा मेरो दायित्व के हो भन्ने विचार गर्नुपर्छ कि पर्दैन रु’

सभामुखले संविधान कानुन अनसार दायित्व पूरा गर्ने विश्वास रहेको उनले बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति