महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

काठमाडौँ । बलियो स्पेनलाई २–० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ ।

समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । फिनल्यान्डले भने दुई खेलमा अंक खाता खोल्न सकेको छैन ।

जर्मनी एक खेल अगावै क्वार्टरफाइल प्रवेश गर्यो । स्पेन र डेनमार्कबीचको खेलले यस समूहबाट क्वार्टरफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुंगो लगाउने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति