१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौँडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो । १८–१९ मा हेटौँडामा आयोजित राष्ट्रपति रनिङ सिल्डमा आएकी कैलाश गाउँपालिका–९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ ।

किशोरीले दिएको जाहेरीमा आफूसहित साथीहरू बसेको होटेलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफूमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति