सार्वजनिक लेखा वार्षिक प्रतिवेदन समितिबाट पास

काठमाडाै, २८ असार । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा २२ औं वार्षिक प्रतिवेदन,२०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा.रोजनाथ पाण्डेले बताए । उनले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताए ।

उनले भने,‘समितिको बैंठकमा उपस्थित सांसदहरुको बहुमतको सख्याले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने काम र प्रतिनिधि सभामा पठाउन स्वीकृत दिने निर्णय भयो । प्रमुख प्रतिपक्ष दलका मान्य सदस्यहरुले बैठक बहिस्कार गरेर छाडेर जानुभयो । उपस्थिति जनाएपछि । बीचमा बैठकमा सांसदहरु रहनुभयो । उहाँहरु उपस्थित संख्याको बहुमत भएको हुनाले उहाँहरुले प्रतिवेदन अनुमोदन गर्नुभयो । त्यही अनुसार हामी अगाडि बढेका छौं ।’

सचिव पाण्डेले बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडे पश्चात् बैठकमा रहेका सांसदहरु उपस्थित संख्याको बहुमत रहेकाले वार्षिक प्रतिवेदन अनुमोदन गरेकाे बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति