निवर्तमान अर्थमन्त्री शर्मामाथि समितिले आजबाट छानबिन थाल्ने  

काठमाडौं, २८ असार । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ । 

संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो । 

मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति