काठमाडौं, २७ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सेटिङ, हतियार खरिद लगायतका प्रक्रिया जस्ता पछिल्ला घटनाक्रमको उदाहरण दिंदै यस्तै अवस्था रहे मुलुक श्रीलंकाको अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
सोमबार सम्पादकहरुसँगको अन्तरक्रियमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले सरकारका कारकारबाही मुलुकलाई श्रीलंकाको अवस्थामा पुग्नेबाटो तर्फ केन्द्रित रहेको उल्लेख गरे ।
व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइन्छ । अहिले हतियार खरिदका कुरा आएका छन् । अनधिकृत मान्छे ल्याएर अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी अवाञ्छिन तत्व घुसाउने काम भयो’ अध्यक्ष ओलीले भने, ‘हतियार खरिद प्रकरणमा चलाइएका र गरिएका कुराको पृष्ठभागबाट कसैको समर्ठ्ठन छ । यो विषय सहज छैन । यसको प्रभाव कम्तीमा हामी श्रीलंकाको अवस्थामा पुगिन्छ वा अझ त्यो भन्दा पनि बढीमा पुगिन्छ । अहिले नै हामी सतर्क हुनुपर्छ ।’
प्रतिक्रिया