सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : ओली

काठमाडौं, २७ असार ।  शकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृत भइसकेको भन्दै उनले अब यसलाई बोकेर हिँड्न नहुने बताए ।

‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’

ओलीले अब सरकारको अंग प्रत्यंग झर्दै जाने पनि टिप्पणी गरे । ‘भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झर्दै जान्छ’ उनले भने, ‘भ्रष्टचारी अंग झरेर पिठ बन्छ रु त्यो ठाउँ त रुखो हुन्छ ।’

एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावका प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति