नेप्से ७७ अंकले घट्यो

काठमाडौं,२७ असार । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो ।

आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

उच्च अंकले घटेको सेयर बजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको सेयर खरिद(बिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड चार लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसिया बैंकको आठ करोड ७१ लाख, अपर तामाकोसीको आठ करोड ४१ लाख, एसियन लाइफको आठ करोड १७ लाख र नेपाल लाइफको सात करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति