गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

काठमाडौं, २७ असार । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने क्रममा सांसद कृष्णभक्त पोखरेलले गणपूरक संख्या रहे नरहेको एकीन गर्न माग गरेका थिए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्या नपुगेको पुष्टि भएपछि बैठक स्थगित गरिएको हाे ।

कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने प्रावधान छ । एक चौथाइ ६९ सदस्यीय उपस्थित हुनुपर्नेमा ६१ जना सदस्य बैठकमा रहेपछि २९ असार बुधबार बस्नेगरी बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति