नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित 

काठमाडौं, २७ असार । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । 

उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाणले जवाफ पनि दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति