जापानको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने अनुमान

टोकियो । जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विजयी हुने अनुमान गरिएको हो ।

१२५ सिट भएको माथिल्लो सदनमा पूर्वप्रधानमन्त्रीको पार्टी एलडीपी र यसको गठबन्धन कोमेटोले ७० देखि ८३ सिट ल्याउने अनुमान गरिएको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।

आबेको हत्या हुनु अघि एलडीपी र कोमिटोले आफ्नो बहुमत ल्याउने अपेक्षा गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति