शेखर कोइराला निकटले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने

काठमाडौँ । नेपाली काग्रेसका नेता डा.शेखर कोइराला समूहले केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन् ।

भ्रातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन् । ‘भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने मागसहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिइन् ।

उनका अनुसार नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले सो प्रदर्शनमा भाग लिनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति