अजिंगर जिउँदै बाख्रा खायो

उदयपुर । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिंगर फेला परेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिंगर भेटिएको हो । अजिंगरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिंगरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।

अजिंगरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो ।

अजिंगरलाई कोसी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति