दिउँसो बागमती र कर्णाली तथा राति लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति