योग स्वस्थ रहने उत्तम उपाय हो : गिरिराजमणि पोखरेल

महोत्तरी । मानिसको जीवनलाई तनावमुक्त बनाउन योग, ध्यानको आवश्यक रहेको पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

सिटिइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए ।

योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस स्वस्थ र खुलासा रहनुपर्ने उनको तर्क छ ।

योगसँगै जोडिएको वैकल्पित आयुर्वेदिक चिकित्सा पद्धति वैकल्पिक नभएको जिकिर गर्दै पोखरेलले यसलाई नै मुख्य उपचार पद्धतिको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

हरेक तनावबाट मुक्त बनी स्वस्थ जीवन जिउन योग नै महत्त्वपूर्ण रहेको बताउँदै नेता पोखरलले योगलाई स्वरोजगारमा जोडन नेपालमा पहिलोपटक पाठ्यक्रमसमेत लागु भएको बताए ।

नेता पोखरेलले योगमाया विश्वविद्यालयका लागि आफूले संसद‍्मा लबिङ गरिरहेको पनि बताए ।

उनले ठट्यौली पाराले नेताहरूलेसमेत योग गरेको भए नेकपा नफुट्ने दाबी गरे । योगले सकारात्मक विचारको सञ्चार गर्ने भएकाले नेपालका हरेक ठाउँमा योग अभ्यासको जरुरी भएको उनको ठहर छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board