करणसँग किन रिसाइन् सारा ?

मुम्बई, २६ असार । बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् ।

गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रुपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरुको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए । यही बीचमा करणले सारा र कात्तिक प्रेम सम्बन्धमा रहेको बताएका थिए ।

तर, यो भनाई अहिले करणकै लागि महंगो साबित भएको छ । करणको व्यवहारप्रति सारा खुशी छैनन् । ‘सारा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका कुरालाई सार्वजनिक रुपमा कसैले भनिदिँदा रिसाएकी छिन् । अर्थात् उनी करणसँग सन्तुष्ट छैनन् । सारा आफ्नो करियरको ग्राफका बारेमा मात्र दर्शकले थाहा पाउन भन्ने चाहन्छिन् । सारा बलिउडमा पहिचान बनाउन संघर्षरत छिन् । यही बेला उनको जीवनसँग जोडिएका कुरा आउँदा उनी रिसाएकी छन्’, सारा निकट स्रोतले भनेको छ ।

यो घटनापछि साराले करणसँग बोलचाल नै बन्द गर्ने भन्ने मनसाय बनाएकी छैनन् । तर, उनी मानिसहरु आफ्नो फिल्मको बारेमा मात्र कुरा गरुन् भन्ने चाहिन्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board